संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका ९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् ।
आइतबार (आज) बिहान चैनपुर ९ खाम्लिङमा चारजना बालबालिका अचेत अवस्थामा फेला परेका हुन्।
चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चारजना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार मनबहादुरका छोरा ९ वर्षीय मनध्वज तामाङ, ८ वर्षीय राजेन्द्र तामाङ, ५ वर्षीय निमसाङ तामाङ र छोरी ३ वर्षीया सुपरिना तामाङ घर नजिकै अचेत अवस्थामा फेला परेका थिए।
बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किदा छोराछोरीहरू अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।



















Discussion about this post