इटहरी : नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका सबै खालका भ्रष्टाचारविरुद्व नेकपा (एकीकृत समाजवादी) मोर्चा संगठनले इटहरीमा रिले अनशन बस्ने घोषणा गरेको छ ।
मोर्चा संगठन प्रदेश कमिटिको बैठकले प्रदेशमा क्रियाशील सबै जनसंगठनको सहभागिता इटहरीमा जेष्ठ ९ गते बिहान ८ बजेबाट रिले अनशन बस्ने निर्णयसहित घोषणा गरेको नेकपा ९एकीकृत समाजवादी०का सुनसरी उपसचिव तथा युवा इन्चार्ज राजेश भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा मोर्चा संगठनका प्रदेश प्रमुख केशवकुमार विष्टको अध्यक्षतामा प्रदेश पार्टी कार्यालय इटहरीमा बसेको बैठकले उक्त निर्णय गरेको हो । रिले अनशन प्रत्येक दिन ३ बजेदेखि विभिन्न वक्ताहरूको मन्तव्यसहित भ्रष्टाचार विरोधी सांस्कृतिक कार्यक्रम पनि रहेको छ ।
अनशनको पहिलो दिन अनेमसंघले सञ्चालन गर्नेछ । १२/१२ घण्टाको सिफ्टमा अनशन सञ्चालन हुने र एउटा सिफ्टमा न्यूनतम ६ जना र बढीमा १० जना सम्मको संख्या रहने भण्डारीले जानकारी दिए ।
अनशनमा जेठ १० गते बुद्धिजीवी, ११ गते ट्रेड युनियन, १२ गते युवा संघ, १३ गते पेशागत महासंघ, १४ गते भूपू सैनिक तथा प्रहरी र १५ गते दलित मुक्ति संगठनले अनशन सञ्चालन गर्ने कार्यक्रम निर्धारण भएको बताइएको छ ।
१५ गतेपछि पनि अनशन निरन्तर सञ्चालन हुनेछ । सुनसरी मोर्चा संगठनको संयोजन र इटहरी पार्टी कमिटिको व्यवस्थापन रहने जानकारी दिइयो ।












Discussion about this post