सोलुखुम्बु महाकुलुङ गाँउपालिका – ४ बाट आफ्नै बाबुको हत्या आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाँउका १९ बर्षीय कुवेर राई रहेका छन् ।
घरायसी बिषयमा ५७ बर्षीय सन्तकुमार राई र उनकै छोरा कुबेर बचि बादबिबाद भई झगडा हुदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबुलाई टाउँकोमा प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post