इलाम : इलाममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
इलाम नगरपालिका १० गोदकका ३५ वर्षीय तिलकबहादुर राईको करेन्ट लागेर मृत्यु भएको हो । सूर्योदय नगरपालिका ११ किराँत टोलमा तार मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।












Discussion about this post