संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ६ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १७ वर्षीय मन्जित राई रहेका छन् । पुखुवा दोभानबाट सामान किनेर घर फर्कने क्रममा देनदोतोवा खोलामा पौडी खेल्दा डुबेर उनको मृत्यु भएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको टोली खटिएर कानूनी प्रक्रिया पूरा गरी मृतकको शवलाई जिल्ला अस्पताल खाँदबारीमा पोस्टमार्टमपश्चात आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।



















Discussion about this post