इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । थापाले आफ्नो प्रस्ताव पेश गरेसँगै यसबारे छलफल सुरु भएको छ।
प्रदेशकी उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि कोशी प्रदेशसभाका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले बैठक सञ्चालन गरेका छन्।
उपसभामुख दनुवार र अध्यक्षमण्डलका सदस्यद्वय एमालेकी मालती सुब्बा लिम्बू र अमरबहादुर बिष्ट अनुपस्थित भएकाले मन्सुरीको अध्यक्षतामा प्रदेशसभा बैठक बस्ने भएको हो । उपसभामुख दनुवारले मन्सुरीलाई नै बैठक सञ्चालनको अधिकार दिएर काठमाडौं गएकी छन् ।
९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ ।














Discussion about this post