विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएको छ ।
समाजवादीका केन्द्रीय सचिव तथा कोसी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताए ।
‘गठबन्धनको सहमतिअनुसार हाम्रो पार्टीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छौँ,’ उनले भने, ‘तर केन्द्रीय नेतृत्वबाट भने अहिलेसम्म कुनै निर्देशन आएको छैन । हामी आधिकारिक निर्देशनको पर्खाइमा छौँ ।’
गठबन्धनको निर्णय विपरीत एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिने कार्यक्रम छ ।














Discussion about this post