विराटनगर : विराटनगरको मुख्य बजारमा एटिएम मेसिन फोडेर पैसा चोरी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाउ पर्नेमा विराटनगर ११ घर भइ वडा नम्बर ९ गुद्री बजारमा कोठाभाडामा बस्दै आएका ३० वर्षीय मुकेशकुमार कामत रहेका छन् ।
उनलाई विराटनगरको महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गर्दा प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
कात्तिक ३० गते बिहानको करिब ३ बजेतिर एटिएम फोड्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले २ थान चाबी र सानो चक्कु बरामद छ । पक्राउ परेका कामतविरुद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post