Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १७, २०८०
in समाचार
0
कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि
138
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : नेपाली कांग्रेसका सुनसरी जिल्लाका नेताहरूले पार्टी नेतृत्वप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिवार सङ्गठन विभाग प्रमुख सञ्जय श्रेष्ठले पार्टीको वर्तमान अवस्थाबारे बुझ्नका निम्ति कोसी टप्पुमा राखेको भेलामा अधिकांश वक्ताहरूले सुनसरी कांग्रेसको नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् ।

कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको कार्यशैलीका कारण असन्तुष्टि जनाएका हुन् ।

जिल्ला समन्वय समिति सुनसरीका अध्यक्षसमेत रहेका इनरुवा नगरपालिकाका पूर्व मेयर राजन मेहताले पार्टी नेतृत्वका कारण सुनसरी कांग्रेस बदनाम भएको बताए ।

‘अहिले इनरुवाका चोक–चोकमा कांग्रेसी हो भनेर चिनाउन पनि लाज हुने अवस्था आयो,’ उनले भने, ‘म इनरुवाको मेयर हुँदा अल्पमत थियो । अहिले नगरपालिकामा काङ्ग्रेसकै बहुमत हुँदा पनि काम गर्न सकिरहेको अवस्था छैन ।’

पार्टी सभापति भण्डारी दोहोरो नेतृत्वमा रहेका कारण पनि जनताले चाहे अनुरूपको काम नभइरहेको नेताहरूको भनाइ छ ।

कांग्रेस सुनसरी क्षेत्र नं. ४ का सभापति ऐयुब अन्सारीले क्षेत्रमा जिल्ला नेतृत्व तहबाटै पटक पटक प्रहार भइरहेको बताए । उनले भने,‘सभापतिबाटै पटक पटक प्रहार हुँदा सङ्गठनलाई असर परेको छ । सामाजिक सञ्जालमा नेताहरूको नाम नै उल्लेख गरेर पटक पटक नकारात्मक गतिविधि भइरहेको छ, यसबारे पनि सोच्नुपर्ने बेला आएको छ ।’

हरिनगर गाउँपालिकाका अध्यक्ष तथा तथा कांग्रेस नेता गफार अन्सारीले अहिलेको जिल्ला पार्टी नेतृत्व बदनाम भएको जिकिर गरे । ‘पार्टी चलायमान बनाउने हो भने गुटगत हिसाबमा मात्र नभई सभापति ज्यु ले सबै हाम्रै कांग्रेसी हुन् भन्ने भावनाले अगाडि बढ्नुपर्छ,’ उनले भने ।

क्षेत्र नं. ४ का प्रदेशसभा सांसद षडानन्द मण्डलले जिल्ला पार्टीमा केही सीमित व्यक्तिहरूका कारण समस्या भइरहेको बताए । उनले पार्टी सभापतिको दोहोरो भूमिकाकै कारण पार्टी चलायमान बन्न नसकेको बताए ।

पार्टी सुनसरीका सचिव वीरेन्द्र साहले पार्टीले कार्यकर्तालाई जिम्मेवारी दिन नसकिरहेको बताए । जिम्मेवारी तोकिएको अवस्थामा कार्यकर्ताहरू काम गर्न तयार रहेको उनको भनाइ छ ।

‘कार्यकर्ताहरू काम गर्न चाहन्छन्, तर अवसर नपाइरहेको अवस्था छ,’ उनले भने, ‘काम गर्ने वातावरण बनाउने सभापतिले हो । सभापतिले आफ्ना आफन्तलाई मात्रै जिम्मेवारी दिनुहुँदैन । जनताका लागि काम गर्नुपर्छ ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगानाले कांग्रेस एकजुट भएर जानुपर्ने बताए । कोही, कसैले पनि एक, अर्कालाई निषेधको राजनीति गर्न नहुने उनले बताए ।

सङ्गठन विभाग प्रमुखसमेत रहेका कांग्रेस नेता सञ्जय श्रेष्ठले नेतृत्वले काम गर्न नसकेको बताए । उनले पार्टीगत हिसाबमा कुनै पनि काम नभएको बताउँदै अब नेतृत्व नसच्चिए आफूहरू मैदानमा उत्रिएर जनताका काम गर्ने बताए । उनले नेतृत्वले कार्यवाहक दिनुपर्ने वा कसैलाई जिम्मेवारी दिनुपर्ने बताए ।

भेलामा प्रदेश सांसद इस्राइल मन्सुरी, पूर्व राज्यमन्त्री सीताराम मेहता, कोसी प्रदेशका पूर्व मुख्य न्यायधीवक्ता बुद्धि कटवालले वर्तमान जिल्ला नेतृत्वले पार्टी हितमा काम गर्न नसकेका कारण कार्यकर्तामा निराशा उत्पन्न भएको बताएका थिए ।

पार्टीमा द्धैष राखेकाहरूलाई पुनः जिम्मेवार पदमा ल्याइरहेको उदाहरण दिँदै उनीहरूले आफू निकटकालाई मात्रै च्याप्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका थिए ।

कांग्रेस क्षेत्र नं. २ (ख) का सभापति श्यामलाल मेहता, दुहबी नगरपालिकाका नगर प्रमुख एव नगर सभापति वेद गच्छेदार, महासमिति सदस्य महेश दत्त, दीपक राई, जिल्ला सदस्यहरू लक्ष्मी ठाकुर,अशोक मेहता, अशोक यादव, बर्जू गाउँपालिका पूर्व अध्यक्ष रघुनन्दन चौधरी, मुस्लिम सङ्घका जिल्ला अध्यक्ष हारुण अन्सारी, युवा नेता सगेन चौधरी, तरुण दलका केन्द्रीय सदस्य देवेन्द्र लिम्बू, नेपाल विद्यार्थी सङ्घ सुनसरी सभापति प्रमोद भट्टराई, वराहक्षेत्र नगरपालिकाका वडाध्यक्षहरू तेज गुरुगं,रोशन खडका लगायत दुई दर्जन बढी नेताहरूले बोलेका थिए ।

बोल्ने अधिकांश वक्ताहरूले जिल्ला पार्टी नेतृत्वले पार्टीलाई गतिशील बनाउन नसकेको आरोप लगाए । उनीहरूले पार्टीलाई चलायमान बनाउन नसक्दा समग्र कार्यकर्ताहरुमा निराशा उत्पन्न भएको बताएका थिए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसअसन्तुष्टिकेदार भण्डारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार
कला साहित्य

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

धरान : ३५ औँ राष्ट्रिय कविता महोत्सवको तयारीस्वरूप विमल गुरुङ स्मृति पुस्तकालयले कविहरूबाट कविता र पुस्तक आह्वान गरेको छ। आगामी कात्तिक...

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क
फाेटाे फिचर

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क । धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकता कायम राख्ने उद्देश्यका...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३
यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ

महालेखाको प्रतिवेदन : कोशीमा १.०६ प्रतिशत बेरुजु, सुझाव कार्यान्वयनमा प्रदेश प्रमुखको जोड

जेष्ठ १९, २०८३
समपूरक अनुदान : झापासहित कोसीका सात सडकको स्तरोन्नति

उत्तर-दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत भौतिक प्रगति

जेष्ठ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

जेष्ठ १९, २०८३
मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

जेष्ठ १९, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.