इटहरी : अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । ईस्वी संवतको नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर विभिन्न कार्यक्रम हुँदैछन् ।
पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्न थालेको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ ।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए । पछि सामाजिक सञ्जाल यसको चर्चासँगै दिवसका रुपमा स्थापित भएको छ ।
जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरूले पनि नेपाली टोपी लगाउने गर्छन् ।
विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।














Discussion about this post