इटहरी : सुनसरीमा स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैँया नगदसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ बाट वीरेन्द्र कुमार राउतलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राउत कोसी गाउँपालिका ३ का बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले राउतको साथबाट स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रवक्ता एसएसपी रवीनराज कर्णजीतले जानकारी दिए ।
प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको उनले बताए ।
सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।













Discussion about this post