इटहरी : आज प्रजातन्त्र दिवस । २००७ सालको क्रान्ति सफल भएको सम्झनामा आज फागुन ७ गते देशभर प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ ।
सहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।
नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रम गरी मनाइदैँछ ।
यसै अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।














Discussion about this post