मोरङ : मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित नालीमा लडेर एक जना वृद्धा महिलाको मृत्यु भएको छ ।
घरनजिकको निर्माणाधीन नालीमा लडेर आइतबार राति ७३ वर्षीया इन्द्रकुमारी लिम्बूको मृत्यु भएको हो ।
प्रहरीका अनुसार राति ९ बजेतिर अचानक नालीमा लडेर लिम्बू गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको आर्या न्यूरो अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post