पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ का खड्गबहादुर चेम्जोङको रुखबाट लडेर मृत्यु भएको छ।
फाल्गुनन्द ५ जिङ्जुवाको जङ्गलमा घाँस काट्न गएका उनको रुखदेखि लडेर मृत्यु भएको हो ।
सोमबार अपराह्न घाँस काट्न गएका ५० वर्षीय चेम्जोङ घर नफर्केपछि खोजी गर्दा लडेर मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post