इनरुवा : सुनसरीको इनरुवामा तत्काल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ ।
मंगलबार राति करिब १० बजेको समयमा सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ हलेसी चौक नजिक भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राजु खड्काको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारीका अनुसार नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते खड्काको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।














Discussion about this post