Tuesday, June 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

क्यानभासमा गगनका कविता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८१
in कला साहित्य, समाचार
0
क्यानभासमा गगनका कविता
120
SHARES
Share on FacebookShare on Twitter

इटहरी : क्यानभास साहित्य समाज तरहराको आयोजनामा ‘क्यानभासमा गगन’ कार्यक्रमको आयोजना गरिएको छ । कवि गगन योक्पाङ्देनद्धारा लिखित ‘केवाफुङ्को गीत’ कविता सङ्ग्रहमाथि विमर्श कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा कवि योक्पाङ्देनले सङ्ग्रहभित्रबाट एक दर्जन कविता वाचन गरे । उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’लगायतका कविता वाचन गरे ।

कविता वाचन गर्नुअघि उनले आफू गाउँमा बसेर साहित्य साधना गर्दै आएको र यस कविता सङ्ग्रहमा पनि गाउँका थुप्रै बिम्बको प्रयोग गरिएको बताए ।

उनले गाउँले जीवन र आफूले भोगिरहेको जीवनबारे पनि केही चर्चा गरे ।

कार्यक्रम सुरु हुनुपूर्व कार्यक्रमका प्रमुख अतिथि, नेपाली वाङ्मय क्षेत्रका सुप्रसिद्ध कवि जसराज किरातीले ‘केवाफुङ्को गीत’बाट ‘छोरीको चकचक’ कविता वाचन गर्दै उद्घाटन गरे ।

उक्त कविताले पहिचानको आवाज बोलेको किरातीको तर्क थियो । ‘कविता लेख्नु सजिलो पनि होइन, गीत लेख्नुभन्दा गाह्रो कुरा हो,’ उनले भने, ‘हामीले हेर्दा सामान्य लाग्ने कविताभित्र पनि गह्रुंगो कुरा हुन्छ ।’

आजकाल लेखिने कविताको विषय बरालिएको उनको भनाइ छ । ‘पहिला कविता नै लेखेर कवि हुने सोच पनि राख्दथ्यौँ,’ उनले थपे, ‘हामी कवितामा कसलाई के भन्नुपर्ने हो, के भन्न खोजिएको हो त्यो स्पष्ट नै पार्दैनौँ ।’

उनले पछिल्लो समय आम मानिस राजनीतिको मात्रै कुरा गर्ने तर त्यहाँबाट केही प्राप्ति गर्न नसकिरहेकोसमेत बताए । पछिल्लो समय लेखिने कवितामा प्रेमको विषय मात्रै समेटिएपनि त्यसले भन्न खोजेको कुरासमेत नबुझिने उनले सुनाए ।

‘हामीले एउटा केटीको बारेमात्रै, केटाको बारेमात्रै, प्रेमको बारेमात्रै लेखिरहेका छौँ कि !,’ किरातीले भने, ‘कविता लेखेर हामीले के पायौँ होइन, कविताले के समाजलाई दियो भन्ने चेत कविहरूमा हुनुपर्छ ।’

कविता सङ्ग्रहमाथि लेखक तथा उपप्राध्यापक राजेश विद्रोहीले टिप्पणी राखेका थिए ।

‘यो सङ्ग्रहभित्र राजनीतिक विडम्बना, आधुनिकता, गाउँको चिन्तनलगायत विषयगत विविधता समेछिएको छ,’ विद्रोहीले भने, ‘मिथक भनेको कथा मात्रै होइन । सङ्ग्रहका कविताहरूमा मातृभाषाको प्रयोगले नेपाली भाषालाई पनि समृद्व बनाउदै लगेको छ ।’

गगनका कविताले समकालीन जीवनको समयलाई व्यक्त गरिएको उनले सुनाए । ‘अहिलेका कविहरूमा समय चेत हुन आवश्यक छ । जुन चेत गगनका कवितामा पाइन्छ,’ उनले भने ।

कार्यक्रमका सभाध्यक्ष प्रसिद्ध कवि मनु मञ्जिलले कविले प्रत्येक वाक्यमा नवीन कुरा दिनुपर्ने बताए । ‘सुन्दर कुरो सुन्दर होइन, नवीन कुरा सुन्दर हो,’ मञ्जिलले थपे, ‘कविले प्रत्येक वाक्य सिर्जना गर्ने भएकाले कविहरूलाई सिर्जनात्मक भनिएको हो । कविले प्रत्येक वाक्यमा नवीन कुरा दिन आवश्यक छ ।’

क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले आफूहरूले इटहरी क्षेत्रमा रहेर विभिन्न समयमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको र आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए ।

 

Tags: कविताक्यानभास साहित्य समाजगगन योक्पाङ्देन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय
FEATURE BREAKING

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा...

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा
समाचार

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

मोरङ : इलाका प्रहरी कार्यालय लेटाङले आफ्नो कार्यक्षेत्रभित्र सवारी साधनको स्वरूप परिवर्तन (मोडिफाई) गरी अनावश्यक हो–हल्ला मच्चाउने तथा ध्वनि प्रदूषण गर्ने...

झापामा फल्यो दश हजार मेट्रिक टन सुपारी

इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित

जेष्ठ २५, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

जेष्ठ २५, २०८३
मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

जेष्ठ २५, २०८३
झापामा फल्यो दश हजार मेट्रिक टन सुपारी

इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित

जेष्ठ २५, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.