पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झरना घुम्न आएका एक पर्यटकको लडेर मृत्यु भएको छ ।
झरनाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर सख्त घाइते भएका फिदिम २ का १८ वर्षीय एल्सन मगरको उपचारका लागि झापा लैजाने क्रममा मृत्यु भएको हो ।
साथीहरूसँग झरना घुम्न गएका उनीहरू फोटो खिच्ने क्रममा चिप्लिएर लडेका थिए ।
गम्भीर घाइते भएका एल्सनलाई तत्काल पाँचथर अस्पताल ल्याइएपनि उपचार सम्भव नभएपछि झापातर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनीसँगै चिप्लेर लड्दा फिदिम ११ का २० वर्षीय सुदीप आङ्बो, फिदिम २ का राजन फागो र फिदिम ११ कै विशाल विश्वकर्मा घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post