पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल निर्माणमा खटेका मजदुरको छतबाट लडेर मृत्यु भएको छ।
निर्माणाधीन अस्पतालको दोस्रो तलाबाट लडेर इलामको माई नगरपालिका १ इलामका ३१ वर्षीय सुमन राईको मृत्यु भएको हो।
राईका सहकर्मीका अनुसार मदिरा सेवन गरेर सुतेका राई शौच गर्न बाहिर निस्कँदा लडेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीले पुष्टि गरे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post