मोरङ : मोरङमा किरिया गरेको साढे सात महिनापछि विदेशबाट शव आएको छ । जिल्लाको लेटाङ नगरपालिका ४ का ५१ वर्षीय शङ्कर चौधरीको शव साढे सात महिनापछि नेपाल आएको हो ।
वैदेशिक रोजगारको शिलशिलामा २० वर्षअघि साउदी अरव गएका चौधरीको गत पुस १९ गते मृत्यु भएको थियो । तत्काल शव नआउने भएपछि परिवारले पुसमै काजकिरिया गरिसकेका थिए ।
साउदी अरवबाट केही दिनअघि शव नेपाल आएपछि परिवारका सदस्यसहित लेटाङ नगरपालिकाका निवर्तमान नगर प्रमुख शङ्कर राई, वडा ३ का निवर्तमान वडाध्यक्ष देवराज चाम्लिङ लगायत काठमाडौंमा शव बुझेका हुन् ।
पछिल्लो पटक १३ वर्षअघि नेपाल आएर साउदी गएपछि चौधरी नेपाल आएका थिएनन् ।
पारिवारिक स्रोतका अनुसार एक श्रीमती दुई छोरा, एक बुहारी र एक छोरीका अभिभावक चौधरीको शव विविध कारणले आउन समस्या भएको थियो ।
















Discussion about this post