Wednesday, August 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सशस्त्र प्रहरी बल : विपदमा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८१
in विविध, समाचार
0
सशस्त्र प्रहरी बल : विपदमा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन
86
SHARES
Share on FacebookShare on Twitter

धरान : सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपदमा खोज तथा उद्धार, चोरी तस्करी तथा लागूऔषध नियन्त्रण र विपद जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपद खोज तथा उद्धारका क्रममा कोशी प्रदेशका विभिन्न नदी र खोलामा डुबेका १० जना शव निकालिएको जनाएको छ ।

विपदमा फसेकाको खोज तथा उद्धारका लागि कोशी नदीमा नमूना अभ्यास गर्ने क्रममा डुबेका १३ जना र गत चैत २७ गतेदेखि बराहक्षेत्र चतराधाममा सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा फसेका १० जनाको जीवित उद्धार गरिएको कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।

सोही अवधिमा कार्यालयले विभिन्न चोरी तथा अवैध सामान बरामदका शीर्षकमा प्रतिवादीलाई कारबाही गरी १७ करोड ९९ लाख १३ हजार चार सय नौ राजस्व सङ्कलन गरेको नायब उपरीक्षक बज्राचार्यले बताउनुभयो ।

जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले जाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारबाट एक करोड एक लाख, विशेष सुराकीका आधारमा हरिपुरबाट मकै भनी ४५ लाख ५० हजार बराबरको चिनीलगायत विभिन्न समयमा अवैध सामग्री बरामद गरिएको बज्राचार्यले जानकारी दिनुभयो ।

गत आवमा एक सय १५ वटा सडक दुर्घटना हुँदा २७ को मृत्यु, दुई सय ११ जना घाइते भएका छन् । हेडक्वाटरले एक सय ४१ आगलागीका घटनालाई नियन्त्रण गरिएको जनाएको छ ।

एक हजार तीन सय तीन किलो भन्दाबढी गाँजा, ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल/ट्रामोल २३ हजार सात सय एक लागूऔषध बरामद गरिएको नायब उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो ।

“सो क्रममा ४२ जनालाई पक्राउ गरी कारबाही गरेका छौँ”, उहाँले भन्नुभयो, “लागूऔषध ओसारपसारमा दुई एम्बुलेन्स, १२ मोटरसाइकल र एउटा अटोसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएका छौँ ।”

सङ्कलन भएको रकम राजस्व कार्यालयलाई बुझाइसकिएको बज्राचार्यले बताउनुभयो । कार्यालयले चोरीतस्करी तथा लागुऔषध नियन्त्रण र विपद जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखी कार्य सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।  

Tags: #राससविपदसशस्त्रसशस्त्र प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १९, २०८३
0

मोरङ : मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सोमबार राति करिब...

विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)
भिजिट नेपाल

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

by रासस
साउन १९, २०८३
0

विराटनगर : मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय...

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

साउन १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

साउन १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

साउन १९, २०८३
विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

साउन १९, २०८३
बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.