संखुवासभा : संखुवासभामा टेम्पो चोरी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
टेम्पो चोरीको आरोपमा खाँदबारी नगरपालिका–९ सार्कीडाँडा बस्ने वर्ष १८ का हरी मंग्राती र सोही स्थान बस्ने वर्ष १९ का किरण रम्तेल पक्राउ परेका हुन् ।
प्रहरीकाअनुसार, खाँदबारी नगरपालिका–८ विष्णेधारामा हिराधन राईले आफ्नै घर अगाडि पार्किङ गरी राखेको को २ ह १५५० नम्बरको टेम्पो बुधबार राति करिब ९ बजेतिर हराएको भनि प्रहरी कार्यालयमा उजुरी परेको थियो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले खोजतलास गर्ने क्रममा बिहीबार खाँदबारी नगरपालिका ९ भेडेटारस्थित सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो। त्यसपछि खोजतलास गर्ने क्रममा तुम्लिङटारबाट दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूमाथि संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थइ भई मुलुकी अपराधसंहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।














Discussion about this post