Saturday, August 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जिल्ला कारागार मोरङमा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८१
in समाचार
0
विराटनगरको कोसी अस्पतालबाट जबरजस्ती करणी मुद्दाका एक कैदी फरार
121
SHARES
Share on FacebookShare on Twitter

मोरङ : जिल्ला कारागार मोरङमा रहेका एक कैदीको मृत्यु भएको छ।

बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको आइतबार (आज) विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङ कारागार प्रशासनका अनुसार बिरामी परेका तामाङलाई भदौ २० गते साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचाररत अवस्थामै उनको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले पुष्टि गरे ।

खुट्टा सुन्निने र मुटु सम्बन्धी पुरानै समस्या रहेका तामाङको उपचारका क्रममा आइतबार पौन १२ बजेतिर मृत्यु भएको बरालले बताए।

मोटरसाइकल चोरीमा संलग्न तामाङविरुद्ध विभिन्न पाँच अदालतमा चोरी मुद्दा दर्ता भएको थियो । उनको मोरङ, झापा, सुनसरी, इलाम र धनकुटामा मुद्दा रहेको थियो भने सबै मुद्दा विचाराधीन रहेका थिए।

मोरङमा तामाङविरुद्ध चोरी कसुरमा दुई वटा मुद्दा चलेका छन्। एउटा मुद्दामा मोरङ अदालतले ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। अर्को मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरेको थियो।

धरौटीबापतको रकम बुझाउन नसकेपछि अदालतको आदेशबाट २०८० माघ २१ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। चोरी मुद्दामै उनीसँग धनकुटा अदालतबाट धरौटीबापत तीन लाख ५० हजार र सुनसरी अदालतबाट दुई लाख रूपैयाँ माग भएको थियो।

मोरङ कारागारमा हाल चार नाबालक र ९७ महिलासहित एक हजार ५९ जना कैदीबन्दी रहेका छन् ।

Tags: #मोरङकारागारकैदीजिल्ला कारागारमृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

संखुवासभामा खोलाले बगाएको तीन दिनपछि हाइड्रोपावरका सुपरभाइजर मृत फेला

by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८३
0

संखुवासभा : संखुवासभामा खोलाले बगाएर बेपत्ता भएका इन्दुवा हाइड्रोपावरका सुपरभाइजर तीन दिनपछि मृत फेला परेका छन्। मकालु गाउँपालिका–५ मा साउन...

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट
विविध

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८३
0

भोजपुर र धनकुटा जिल्लालाई जोड्ने अरुण नदीको अँधेरीघाट । नदी वारीपारी सडक विस्तार भएपनि यहाँ पक्की पुल नहुँदा भने यातायात...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

साउन २३, २०८३
एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

साउन २३, २०८३
जनशक्ति अभावमा तेह्रथुम अस्पतालको सिजेरियन सेवा ठप्प, गर्भवती मारमा

जनशक्ति अभावमा तेह्रथुम अस्पतालको सिजेरियन सेवा ठप्प, गर्भवती मारमा

साउन २३, २०८३
सुनसरीमा ४१८ किलो गाँजासहित चार पक्राउ, एउटै रुटमा कार र मोटरसाइकलबाट ओसारपसार

सुनसरीमा ४१८ किलो गाँजासहित चार पक्राउ, एउटै रुटमा कार र मोटरसाइकलबाट ओसारपसार

साउन २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा खोलाले बगाएको तीन दिनपछि हाइड्रोपावरका सुपरभाइजर मृत फेला

साउन २३, २०८३
भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

साउन २३, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

साउन २३, २०८३
एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

साउन २३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1111 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    602 shares
    Share 241 Tweet 151
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.