ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ स्थितबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मिक्वाखोला २ का २० वर्षीय उदय पन्थको घर कोठा खनतलासी गर्दा सिरानी मुनी लुकाई छिपाई राखेको अवस्थामा एक थान अटोमेटिक पस्तोल बरामद गरेको हो ।
पेस्तोलसहित पक्राउ परेका उनीबारे थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post