Sunday, July 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

सुनसरीको बराहक्षेत्रमा स्टोन स्किपिङ प्रतियोगिता, ८८ प्रतिस्पर्धीलाई उछिन्दै राहुल विजयी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १७, २०८१
in खेलकुद, समाचार
0
सुनसरीको बराहक्षेत्रमा स्टोन स्किपिङ प्रतियोगिता, ८८ प्रतिस्पर्धीलाई उछिन्दै राहुल विजयी
100
SHARES
Share on FacebookShare on Twitter

इटहरी : साविक विजेता राहुल लिम्बू दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप (पानी सुल्के प्रतियोगिता) मा ८८ प्रतिस्पर्धीलाई उछिन्दै पुनः विजेता बनेका छन् ।

इन्ट्री राउण्डमा १२ स्किप गरेका उनले फानल राउण्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भए । उनले उपाधिसहित २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

दोस्रो उपाधि विजेता रिमबहादुर माझीले फाइनल राउण्डमा १३ स्किप गरे भने गोपी राईले १२ स्किप गर्दै तेस्रो बने । उनीहरूले क्रमशः नगद १५ हजार रुपैयाँ र १० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

कोशी प्रदेशकी सांसद सपना परियार, बराहक्षेत्रका नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष कपिल आचार्य र ५ नं. वडाका वडाध्यक्ष रोहित काफ्ले र मुनबिम एकेडेमीका प्रधानाध्यापक देवेन्द्र विष्टले पुरस्कार प्रदान गरे ।

कार्यक्रममा कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले चतरा नहरमा ढुङ्गा हुइक्याउँदै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताअघि कोशी प्रदेशका सांसदहरू विजयकुमार राई, ममता तामाङ, सपना परियार, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका साथै वडाध्यक्षहरूले स्टोन स्किप गरेका थिए ।

शुभकामना मन्तव्य राख्दै मन्त्री मण्डलले पानी सुल्के प्रतियोगिताले बाल्यकालको सम्झना पुनरावृत्ति गराएको बताए । उनले कोशी नदी किनारका बस्तीहरूको आर्थिक, सामाजिक र ग्रामीण जनजीवनसँग जोडिएको खेललाई राष्ट्रियस्तरमा लानु पर्ने विचार राखे ।

मन्त्री मण्डलले पानी सुल्के खेललाई सूचीकृत गर्न नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बराहक्षेत्र १ का वडाध्यक्ष किसन थापाले स्वागत मन्तव्य व्यक्त गर्दै पानी सुल्के प्रतियोगिता बराहक्षेत्रको मौलिक खेल भएको बताए ।
पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता भन्ने सन्देशका साथ उक्त खेल आयोजना भएको थियो । खेलले पर्यटनको विकासका लागि चतरा हाइकिङ समूह र ग्रामीण पत्रकार समूहको सहआयोजनामा प्रतियोगिता आयोजना गरेको संयोजक नवराज विष्टले जानकारी दिए ।

क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गरिएको चतरा हाइकिङका संस्थापक तथा निर्णायक विजयकुमार राउतले बताए ।

प्रतियोगितामा चतरा हाइकिङका संस्थापक भीषण राई, राजन घिमिरे निर्णायकका रूपमा रहेका थिए ।

यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् ।

नेपालमा भने गत वर्षदेखि सुनसरीको चतरा नहरमा प्रतियोगिता आयोजना भइरहेको छ ।

Tags: #खेलकुदचतरा हाइकिङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

by रासस
साउन २, २०८३
0

भद्रपुर : झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६०...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1054 shares
    Share 422 Tweet 264
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.