धनकुटा : धनकुटामा विद्यालयबाट घर फर्किँदै गरेकी एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको सहिदभूमी गाउँपालिका ३ मा विद्यालयबाट घर फर्किँदै गर्दा एक बालिकाको भीरबाट लडेर मृत्यु भएको हो ।
सहिदभूमी ४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया बालिका अनुष्का राईको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
भीरबाट करिब तीन सय मीटर तल खस्दा गम्भीर घाइते भएकी थिइन् ।
उनको धनकुटा अस्पतालमा उपचारका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post