Monday, August 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कृष्ण काश्यपको सङ्ग्रहमाथि विमर्श तथा गजलकार राज भट्टराई र बबिता भुजेलको गजल वाचन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २२, २०८१
in कला साहित्य, समाचार
0
कृष्ण काश्यपको सङ्ग्रहमाथि विमर्श तथा गजलकार राज भट्टराई र बबिता भुजेलको गजल वाचन
139
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गजलकार कृष्ण काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन कार्यक्रमको आयोजना गरिएको छ ।

क्यानभास साहित्य समाजको आयोजना तथा मासङ्गीत साधना प्रतिष्ठान नेपालको सहकार्यमा शनिबार कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि गजलकार तथा कवि टीका आत्रेय र सुरेश सुवेदीले टिप्पणी राखेका थिए ।

आत्रेयले गजललाई शील्पमा ढाल्ने काम गरिनु सबल पक्ष रहेको बताइन् । ‘विषय विविधताका दृष्टिकोणमा कलात्मक गजल छन्,’ आत्रेयले भनिन्, ‘गजल लेख्दा पनि अनुभूति हुनुपर्दोरहेछ । यो सङ्ग्रहमा पनि अनुभूतिसहित लेखिएको छ ।’

अर्का वक्ता सुवेदीले गजल सिद्धान्तभित्र रहेर लेखिनुपर्ने भएकाले पनि यसमा थुप्रै विवाद रहेको बताए । ‘ती विवादतिर नजाऔँ, तर हामी क्रमशः सुधारिनुपर्छ,’ उनले भने, ‘गजल संरचनाको विधा चैँ हो ।’

उनले काश्यपका गजल सङ्ग्रहभित्र लयात्मक गजल रहेको बताए ।

‘हामी बच्चादेखि नै लयसँग खेल्दै आएका हौँ । हामीलाई आमाले सुत् भन्नुभएन, गीत गाएरै सुताउनुभयो,’ सुवेदीले भने, ‘खाना खाँदा होस् वा फकाउँदा आमाले लयमै गीत गाउनुभयो । हामी सङ्गीतमा खाना खाएर आएका हौँ, त्यसैले अवचेतन मनमा कहीँ न कहीँ लय आउँछ ।’

गजलकार काश्यपले भने आफ्नो उक्त पुस्तक दोस्रो कृति रहेकाले जुनसुकै प्रतिक्रिया पनि स्वीकार्य रहेको बताए । आफ्नो लागि ध्यान गर्नु र गजल लेख्नु उस्तै रहेको उनले बताए ।

काश्यपले भने, ‘विगतमा हामीले वैचारिक आन्दोलन नै जस्तो गरेर आएका हौँ । गजल किन र के का लागि लेखेँ भन्दा पनि महत्वपूर्ण कुरा त गजल लेख्नु नै मेरो लागि उपलब्धि हो ।’

कवि बद्री भिखारीको सभाध्यक्षमा भएको कार्यक्रमको दोस्रो चरणमा गजल वाचन राखिएको थियो । गजलकारद्धय राज भट्टराई र बबिता भुजेलले चार–चार वटा गजल वाचन गरे । सुनसरीको इनरुवा निवासी भट्टराई र खोटाङ घर भई मोरङको बूढीगंगा बस्दै आएकी भुजेलले गजल वाचन गरेका हुन् ।

कार्यक्रममा वक्ता र गजलकारहरूलाई कवि भिखारीसहित देवान किराती, सुदीप पाख्रिन र सुविद गुरागाईँले मायाको चिनो प्रदान गरेका थिए ।

सुमन रेग्मीले स्वागत मंतव्य राखेको कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लासहित मधेस प्रदेशका सर्लाही र बागमती प्रदेशको चितवनबाटसमेत स्रष्टाहरू सहभागी भएको संस्थाका अध्यक्ष भरत दाहालले बताए ।

क्यानभास साहित्य समाजले १० वर्षयता विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

Tags: #साहित्यकृष्ण काश्यपक्यानभास साहित्य समाजगजलबबिता भुजेलराज भट्टराई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित
FEATURE BREAKING

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि प्रभावित बनेको सुनसरीको जनजीवन सात दिनपछि विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ।...

एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने
FEATURE BREAKING

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : सुनसरीमा सुरक्षा अवस्था क्रमशः सुधारउन्मुख देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको दायरा घटाएको छ। अब निषेधाज्ञा चार स्थानीय तहमा...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु, २८ हात्ती मृत भेटिए

साउन १७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३
राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

साउन १७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ

साउन १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु, २८ हात्ती मृत भेटिए

साउन १७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    632 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.