Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

डा. कोइरालाद्वारा निर्माणाधीन वृहत्तर खानेपानी परियोजनाको अनुगमन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ३०, २०८१
in समाचार
0
डा. कोइरालाद्वारा निर्माणाधीन वृहत्तर खानेपानी परियोजनाको अनुगमन
111
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरमा निर्माणाधीन वृहत्तर खानेपानी परियोजनाको अनुगमन गरेका छन् ।

खानेपानी परियोजनाको निर्माण कार्यप्रति चासो राख्दै कोइरालाले महानगर क्षेत्रभित्र विभिन्न स्थानमा पुगेर अनुगमन गरेका हुन् ।

विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाको पहलमा खानेपानी परियोजना सञ्चालन भइरहेको छ ।

जापान सरकार (जाइका)को अनुदान सहयोगमा सञ्चालित परियोजना निर्माण कार्य तीव्र रूपमा भइरहेको छ ।

हाल विराटनगर–८ स्थित हाम्रो चोक पूर्व, रोडशेष चोकदेखि ट्राफिक चोक, नयाँ गुद्रीदेखि पिचरास्थित चिउरामिल चोकसम्म पाइपलाइन विस्तार गर्ने कार्य भइरहेको छ ।

उनले विराटनगर–५ स्थित कलरूवामा निर्माण भइरहेको ओभरहेड ट्यांकीको अनुगमनसमेत गरे । सो स्थानमा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण भइरहेको छ । नेता कोइरालाले निर्माणका क्रममा कुनै समस्या आइपरे जनप्रतिनिधिको नाताले आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले खानेपानीको पाइप पुरानो जीर्ण हुँदा विराटनगरबासीलाई खानेपानी वितरणमा समस्या देखिएको बताए ।

अशुद्ध खानेपानीकै कारण विगतमा विराटनगरमा जन्डिसजस्ता रोगको संक्रमण फैलिएको स्मरण गर्दै सांसद कोइरालाले अहिले सञ्चालन भइरहेको खानेपानी परियोजना निर्माण सम्पन्नपछि विराटनगरवासीले शुद्ध खानेपानी प्रयोग गर्न पाउने विश्वास व्यक्त गरे ।

परियोजनाको काम सन्तोषजनक रूपमा भइरहेको आफूले पाएको उनको प्रतिक्रिया थियो ।

कलरूवा टोलमा ओभरहेड ट्यांकीका लागि जग खन्ने काम भइरहेको छ । कलरुवामा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ । त्यस्तै, सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउण्ड रिजरभाएर ट्यांकी (पानी स्टोर गर्ने ट्यांकी) निर्माण हुनेछ । डिपीएस स्कुलदेखि पूर्वतर्फ पाइप क्रसिङका लागि ब्रिजको काम भइरहेको छ ।

खानेपानी संस्था विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार तीनपैनी, देवकोटा चोक र मुनालपथमा १२–१२ लाख लिटर क्षमताको पानी स्टोर गर्ने ट्यांकी निर्माण गरिनेछ । तीनपैनीमा हाल ४ लाख ५० लाख लिटर ओभरहेड ट्यांकी छ ।

परियोजनाबाट विराटनगर वडा नम्बर १ देखि १४ का बासिन्दा लाभान्वित हुनेछन् । ६८ किलोमिटर पाइप बिछ्याइने रौनियारको भनाइ छ । तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको उनले सुनाए ।

हाल ४ किलोमिटर पाइपलाइन बिछ्याइसकिएको रौनियारले बताए । हाल निर्माणको करिब ९ प्रतिशत काम सकिएको छ ।

आवतजावत र बजारको व्यापार व्यवसायमा कुनै असर नपर्ने गरी पाइपलाइन विस्तारको काम भइरहेको रौनियारको भनाइ छ । उनका अनुसार सो परियोजना करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण हुँदैछ । परियोजनाको औपचारिक काम सुरू हुनुभन्दा अगाडि विभिन्न वडामा परीक्षणका रुपमा पाइपलाइन बिछ्याइएको थियो ।

परीक्षण पूरा भएपछि औपचारिक रुपमा पाइप बिछ्याउन सुरू गरिएको हो ।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए ।

आफूले चुनावी घोषणापत्रमा विराटनगरबासीलाई शुद्धखानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गर्दै मेयर कोइरालाले तोकिएको समयभित्रै काम सम्पन्न गराउन महानगरका तर्फबाट निर्माण पक्षलाई सहयोग गरिरहेको बताए ।

समस्या देखिएका स्थानमा महानगरले नै समन्वय गरेर समाधान गरिरहेको मेयर कोइरालाको भनाइ थियो ।

‘दुई वर्षभित्र सबै काम सम्पन्न गरी महानगरवासीको घरको धारामा पानी झनुपर्छ,’ उनले थपे, ‘त्यसका लागि महानगरले कहाँ के कस्तो भूमिका निर्वाह गर्नुपर्छ महानगर तयार छ ।’

खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण सम्पन्नपछि एक लाखभन्दा बढी लाभान्वित हुने दाबी गरिएको छ ।

Tags: #अनुगमनखानेपानीशेखर कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
विविध

मेची भन्सारको राजस्व उकालो, एक वर्षमा १७ अर्ब ६७ करोड उठ्यो

by रासस
साउन ६, २०८३
0

झापा : पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७...

आज जननायक वीपी कोइरालाको ३९ औँ स्मृति दिवस
समाचार

आज बीपी स्मृति दिवस

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को स्मृतिमा विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा लोकतन्त्र स्थापनाका लागि २००७ सालको जनक्रान्तिको...

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची भन्सारको राजस्व उकालो, एक वर्षमा १७ अर्ब ६७ करोड उठ्यो

साउन ६, २०८३
आज जननायक वीपी कोइरालाको ३९ औँ स्मृति दिवस

आज बीपी स्मृति दिवस

साउन ६, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    441 shares
    Share 176 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.