इटहरी : इटहरीमा रहेको स्किल क्याम्पसका विद्यार्थीहरूले एक ‘इभेन्ट’आयोजना गरेका छन् ।
क्याम्पसमा अध्ययनरत डिप्लोमा इन होटल म्यानेजमेन्टका विद्यार्थीहरूले आफैँले पकाएको खानेकुराहरू एक कार्यक्रमबीच अतिथिहरूलाई चखाएका छन् ।
क्याम्पसमा सिकेको कुरालाई प्रयोगात्मक गरी विभिन्न परिकार बनाएर अतिथिहरूलाई सेवा गरिएको हो । होटल म्यानेजमेन्ट अन्तर्गत सिकेको सीपलाई प्रयोगात्मक गरिएको क्याम्पसले जनाएको छ ।
विद्यार्थीहरू अर्जुन खरेल र प्रतीक ढकालले इभेन्ट आयोजना तथा संयोजन गरेका थिए । खरेलका अनुसार क्याम्पसमा अध्ययनरत जुलाई २०२४ को ब्याचका विद्यार्थीहरूले एक ‘इभेन्ट’ आयोजना गरेका हुन् ।
विद्यार्थीले पढेको चिजलाई प्रत्यक्ष सिकाईको प्रक्रिया अन्तर्गत उक्त ‘इभेन्ट’ आयोजना गरिएको क्याम्पसमा शैक्षिक निर्देशक नवीन कार्कीले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीले बनाएका विभिन्न परिकार अतिथिहरूलाई चखाइएको थियो । ‘हरेक ब्याचले यो इभेन्ट गर्दै आएका छन्,’ कार्कीले भने, ‘खाना, खाना मात्रै नभई भूगोल पनि हो, संस्कृति पनि हो । यही संस्कृतिलाई बुझाउन पनि यो इभेन्ट आयोजना भएको हो ।’
कार्कीका अनुसार विद्यार्थीहरूले विभिन्न नेपाली परिकार बनाउका थिए । खासगरी स्किल क्याम्पसले होटल म्यानेजमेन्ट र हस्पिटालिटीका कक्षाहरू सञ्चालन गर्दै आएको छ ।












Discussion about this post