सुनसरीमा ३१ जना सहित प्रदेश १ मा आज ८३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला र ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङका ४४ मध्ये २९ जना विराटनगरभित्रका हुन ।
बेलबारीमा ७ महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुढीगंगामा १ महिला र ३ पुरुष, सुन्दरहरैँचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।















Discussion about this post