सुनसरीमा ३७ जना सहित प्रदेश १ मा आज १ यस २३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ९० जना पुरूष र ३३ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले आजको कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख रहेको छ ।
मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा ६७ जना, सुनसरीमा ३७ जना, झापाका १६ जना, पाँचथरमा १ जना र प्रदेश १ स्थायी ठेगाना नभएका २ जना रहेका छन्।
संक्रमण देखिएकाहरू मध्य मोरङको विराटनगरमा ३२ पुरूष र २० महिला , बुढिगंगामा १ महिला र १ पुरूष, रंगेलीमा ५ महिला र ४ पुरूष, मिक्लाजुङ्गमा १ पुरूष, कानेपोखरीमा १ पुरूष, धनपालथान १ पुरूष र कटारीमा १ महिला रहेका छन् ।
त्यस्तै, सुनसरीको इटहरीमा ४ पुरुष, धरानमा २ पुरूष, दुहवीमा ३ महिला र ८ पुरूष, हरिनगरका १ महिला र १२ पुरूष, बर्जुमा १ महिला र ४ पुरूष, पुरूष र रामधुनीमा २ पुरूष रहेका छन् ।
झापाको भद्रपुरमा ३ जना पुरूष, दमकमा ८ जना पुरूष, विर्तामोड, कचनकवाल र कमलमा १–१ जना रहेका छन् भने अन्य २ जनाको ठेगाना नखुलेको मन्त्रालयले जनाएको छ । पाँचथरका १ पुरूष रहेका छन भने १ महिला र १ पुरूष गरी २ जना भारतीय नागरिक रहेको बताईएको छ ।















Discussion about this post