सुनसरीमा १२ जना सहित प्रदेश १ मा आज ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये १३ महिला र २९ पुरुष रहेका छन् ।
सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला र ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, मोरङको बुढीगंगामा २ महिला र २ पुरुष, सुन्दरहरैचामा १ महिला र ५ पुरुषमा पिसिआर पोजेटिभ देखिएको छ भने तेह्रथुमको म्याङलुङमा ३ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरि, उदयपुरको त्रियुगामा १ महिला र ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ बाहिरका महोत्तरीका २ महिला र १ पुरुष, धनुषा र जनकपुरका १–१ पुरुष तथा सिरहाका १ महिलामा कोरोना संक्रमण देखिएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ ।














Discussion about this post