Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

तरहरा रनमा कसले कति मिनेटमा पूरा गरे दौड ? (फोटो फिचरसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २५, २०८१
in खेलकुद, समाचार
0
तरहरा रनमा कसले कति मिनेटमा पूरा गरे दौड ? (फोटो फिचरसहित)
170
SHARES
Share on FacebookShare on Twitter

तरहरा : दोस्रो तरहरा अर्गानिक १० किलोमिटर दौडमा २ वर्षीय बालकदेखि ८१ वर्षीया वृद्वासम्म दौडिएका छन् ।

शनिबार तरहरामा सुरू भएको १० किलोमिटर दौडमा नेपालका विभिन्न जिल्लासहित देशबाहिरबाट पनि धावकहरू दौडिएका हुन् ।

तरहरा चोकबाट सुरू भएको दौड प्रतियोगिता ब्रम्हपुर, भवानीपुर, अमाहा, कराइबन हुँदै इटहरी १ को वडा कार्यालय नजिकैबाट आँपगाछी निस्किएर पुनः तरहरा चोक नै पुगेपछि १० किलोमिटर दौड पूरा भएको थियो ।

प्रतियोगिता विभिन्न आठ वटा विधामा निर्धारण गरिएको थियो ।

१२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी भए । उनीहरूमध्ये छात्रतर्फ प्राविधिक कारणले गर्दा पुरस्कार वितरण गरिएन । छात्रातर्फ भने रेश्मा दर्जी प्रथम भइन् । उनले १३ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरिन् ।

यसैगरी करिना राईले १४ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै द्धितीय भइन् भने स्वेता चौधरीले १४ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरिन् । उनीहरू नगद पाँच हजार, तीन हजार र दुईहजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरियो ।

यसैगरी १६ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू १० किलोमिटर दौडमा सहभागी भए । जसमा छात्रतर्फ पवन राईले ३८ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै प्रथम भए । यसैगरी श्यामतुम्मा राईले ३८ मिनेट ५४ सेकन्ड र रुपेश माझीले ३९ मिनेट ९ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः द्धितीय, तृतीय भए । यसैगरी छात्रातर्फ जुही राईले ४४ मिनेट ४२ सेकेन्डमा १० किलोमिटर पूरा गरिन् । यसैगरी पूजा महतराले ४५ मिनेट ३६ सेकेन्ड र विनिता राईले ४६ मिनेट ४४ सेकेन्डमा दौड पूरा गरिन् ।

छात्र र छात्रा दुवैतर्फ क्रमशः १० हजार, सात हजार र पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

१६ देखि ४० वर्ष उमेर समूहकाहरूमध्ये १० किलोमिटर दौड पूरा भयो । जसमा पुरुषतर्फ केन्या मुलुकका जुलियस मुरियुकीले ३१ मिनेट ६ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरे । यसैगरी गजेन्द्र राईले ३२ मिनेट ७ सेकन्डमा द्धितीय स्थान हासिल गरे भने सरोज लिम्बूले ३२ मिनेट ९ सेकेन्डमा दौड पूरा गर्दै तृतीय स्थान हासिल गरे ।

यसैगरी महिलातर्फ भने पूर्णलक्ष्मीले ३८ मिनेट १० सेकेन्ड, सुनकला राईले ४७ मिनेट २० सेकेन्ड र दीक्षा राईले ५० मिनेट २० सेकेन्डमा दौड पूरा गर्दै क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरे । पुरुष र महिला दुवैतर्फ नगद ३० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे ।

यसैगरी भेट्रान्सतर्फ ४० देखि ६० वर्ष उमेर समूहकाहरूमध्ये पुरुषतर्फ विजय कुमार अभिमानले ३८ मिनेट २ सेकेन्ड, अभिनारायण अधिकारीले ३८ मिनेट ५ सेकेन्ड र लटमान अधिकारीले ४० मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः प्रथम, द्धितीय र तृतीय भए ।

महिलातर्फ जमुना लिम्बूले ५० मिनेट ३१ सेकेन्ड, कुशुम लिम्बूले ५६ मिनेट ५८ सेकेन्ड र कौशिला तामाङले १ घण्टा ४ मिनेटमा दौड पूरा गर्दै क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरे । पुरुष र महिला दुवैतर्फ नगद १० हजार, सात हजार र पाँच हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे ।

यस्तै, मिड भेट्रान्सतर्फ ६० वर्ष भन्दा माथि पुरुषतर्फ जनक खड्का १ घण्टा ४ मिनेट, केसी गुरागाईँ १ घण्टा १३ मिनेट र बसन्त न्यौपानेले १ घण्टा १४ मिनेटमा दौड पूरा गरे । उनीहरूलाई तीन हजार, दुई हजार र एक हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरियो ।

महिलातर्फ सरस्वती राई १ घण्टा ३८ मिनेट प्रथम भइन् । महिलातर्फ भने उनी मात्रै दौडमा सहभागी भइन् । उनलाई तीन हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरियो ।

यसैगरी स्पाइनर इन्जुरीमा पुरुषतर्फ विष्णुकान्त चौधरीले १८ मिनेट २० सेकेन्ड, नवीराज राईले २१ मिनेट ३० सेकेन्ड, निराजन बिकले २४ मिनेटमा एक सय मिटर दौड पूरा गर्दै क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरे ।

महिलातर्फ भने रोशनी लामाले २५ मिनेट १ सेकेन्ड, चन्द्रिका सरदारले २६ मिनेट ४ सेकेन्ड र प्रतिमा दाहालले २७ मिनेट ८ सेकेन्डमा एक सय मिटर दौड पूरा गरे । उनीहरूलाई ह्वील चियरमार्फत प्रतियोगितामा सहभागी गराइएको थियो ।

प्रथम, द्धितीय र तृतीयले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले जानकारी दिए ।

शारीरिक अशक्त भएका विशाल राई र एक खुट्टाले नै दौड पूरा गरेका हेमकुमार विष्टलाई नगदसहित सम्मानसमेत गरियो ।

प्रतियोगितामा दुई हजार दुई सय भन्दा बढी धावक, धाविकाहरू सहभागी भएको राईले बताए । विजेताहरूलाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।

तरहरा रनका सचिव जीवन गिरीका अनुसार गृहिणी तथा पारिवारिक रमाइलो दौडमा तीन किलोमिटर र विदेशमा रहेकाहरूले १० किलोमिटर दौडमा सहभागी भएका थिए ।

क्षमतावान खेलाडीहरूको पहिचान गरी उनीहरूलाई संरक्षण गर्न र समाजलाई दौडसँग जोड्न उक्त प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

रनका संयोजक मीनकुमार खवासका अनुसार सबैभन्दा कम उमेर भएका २ वर्षीय क्रियान्स खत्री र सबैभन्दा बढी उमेर समूह ८१ वर्षीया देवीमाया गिरी पनि दौडमा सहभागी भएका थिए । उनीहरूलाईसमेत पुरस्कृत गरियो ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शव गृहमा कार्यरत कर्मचारी रामप्रसाद उराउ र गोल्ड मेडलिष्ट इन्द्रकला नेम्वाङ र तरहरा रानका धावक विक्रम खनाललाई सम्मान गरिएको थियो ।

जसमध्ये खनालले ७ प्रदेश, ७ म्याराथन ७ दिनमा पूरा गरेका थिए ।

Tags: #तरहरारनशिवु रुम्दाली राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की
FEATURE BREAKING

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

विराटनगर : जथाभावी उत्खनन् गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको...

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार
समाचार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

इटहरी : शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा...

खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३
विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३
विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

बैशाख १६, २०८३
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1489 shares
    Share 596 Tweet 372
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    646 shares
    Share 258 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.