विराटनगर : नेकपा एकीकृत समाजवादी कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का चुनिएकी छन् ।
यसअघि प्रदेश कमिटीको उपमहासचिव रहेकी उनी सर्वसम्मत रूपमा पार्टीको प्रदेश अध्यक्षमा चुनिएकी हुन् ।
उनी यसअघि अघिल्लो कार्यकालमा कोशी प्रदेशसभा सदस्य थिइन् ।
नेकपा एमालेबाट पार्टी विभाजन भएपछि नेकपा (एस)ले पहिलो पटक अधिवेशनबाट प्रदेशको नेतृत्व छनौट गरेको हो ।
अधिवेशनले १६८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।












Discussion about this post