सरकारले नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।
आईजीपीको लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्यायको पनि चर्को लबिङ भएको थियो । बरियताक्रममा लम्साल दोस्रोमा थिए भने उपाध्याय तेस्रोमा थिए । ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा मुछिएका छैनन् ।
यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर १ को प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका छन् । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।
Discussion about this post