इटहरी : सप्तकोशी नदीले मामा भाञ्जालाई बगाएर बेपत्ता पारेको छ ।
इटहरीबाट बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएको समयमा सप्तकोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका हुन् ।
आज (सोमबार) बिहान बराहक्षेत्र नगरपालिकास्थित बराहक्षेत्र मन्दिरमा पारिवारिक रूपमा पूजाआजा गर्न आएका खोटाङको केपिलासगढी गाउँपालिका बस्ने ४० वर्षीय नवराज बास्तोला र उनका भाञ्जा इटहरी उपमहानगरपालिका १६ बालग्राम बस्ने १६ वर्षीय जेनिस आचार्य पानीमा डुबेर बेपत्ता भएका हुन् ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार नदीमा दर्शन गर्ने क्रममा भाञ्जालाई बगाएपछि बचाउन खोज्दा मामा पनि पानीमा डुबेर बेपत्ता भएका हुन् ।
घटनाबारेमा जानकारी पाउनासाथ बेपत्ता भएका उनीहरूको खोजतलासका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा गोताखोर टोलीसँगै नेपाल प्रहरीले खोजी गरेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
Discussion about this post