इटहरी : झापा कारागारमा कैद भुक्तान गरिरहेका एक पुरुषको मृत्यु भएको छ ।
ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको हो ।
इलाम माङ्सेबुङ गाउँपालिका ४ का स्थायी घर भएका विश्वकर्मालाई घाँटीको क्यान्सरको लक्षण देखिएको थियो।
सोमबार अपराह्न उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
Discussion about this post