झापा : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले झापा जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उनले कार्यालय भवन, शाखाहरू, हिरासत कक्ष लगायत सम्पूर्ण संरचनाको अवलोकन गरेका थिए । साथै, वृक्षारोपण गरी वातावरण संरक्षणमा पनि ध्यान दिए ।
निरीक्षणपश्चात प्रमुख कार्कीले जिल्ला प्रहरी प्रमुख तथा अन्य मातहत इकाईका प्रमुखहरूलाई निर्देशन दिँदै प्रहरी कर्मचारीहरूलाई अनुशासित, उत्तरदायी र व्यावसायिक बन्न आग्रह गरे ।
उनले संगठनलाई क्षति पुर्याउने गतिविधिमा संलग्न कर्मचारीलाई कारवाही गरिने र राम्रो कार्य गर्ने प्रहरीलाई तत्काल पुरस्कृत गरिने जानकारी बताए ।
झापा सिमावर्ती जिल्ला भएकाले सीमा अपराध, लागूपदार्थ ओसारपसार, तस्करी र भन्सार छलजस्तै गतिविधिहरू रोक्न सजग रहन निर्देशन दिँदै, शून्य सहनशीलताको नीति अपनाउन आग्रह गरे ।
यस्तै, विपद् व्यवस्थापन गुल्म चन्द्रगढीको निरीक्षण गरी बाढी, पहिरो जस्ता सम्भावित विपद्मा तयारी अवस्थामा रहनु र तत्काल उद्धारमा खटिन निर्देशनसमेत दिए ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले प्रदेश प्रमुखलाई जिल्लाको सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन, आगामी योजना, र भारतीय सुरक्षासँगको समन्वयबारे जानकारी गराएका थिए ।














Discussion about this post