Monday, April 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगर महानगरपालिकाले ल्यायो ४ अर्ब ४० लाखको बजेट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १०, २०८२
in समाचार
0
विराटनगर महानगरपालिकाले ल्यायो ४ अर्ब ४० लाखको बजेट
70
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ का लागि ४ अर्ब ४० लाखको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले कुल ४ अर्ब ४० लाख रुपैयाँको अनुमानित आय र व्यय बजेट प्रस्तुत गरिन् ।

प्रस्तुत बजेटअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको सावा व्याज भुक्तानीका लागि ५ करोड, चालु आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरुका लागि ८ करोड विनियोजन गरिएको छ ।

यसैगरी भौतिक पूर्वाधारतर्फ समपुरक योजनाहरूका लागि ६ करोड २० लाख, वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सारी आएका योजनाहरूका लागि ७० करोड, नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीकरण कार्यक्रमका लागि २ करोड, भवन संहिता तथा निर्माण इजाजतका लागि १ करोड ६५ लाख विनियोजन गरिएको छ ।

यस्तै, सडक पूर्वाधार तथा बस्ती विकासका लागि १० करोड २७ लाख १२ हजार, सडक बोर्डबाट सञ्चालन हुने योजनाहरूका लागि १ करोड ५० लाख, नगरस्तरीय योजनातर्फ ६४ करोड ६१ लाख १ हजार गरी पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरिएको छ ।

वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख ३२ हजार विनियोजन गरिएको छ ।

यस्तै, विषयगत क्षेत्रमध्ये सामाजिक विकास तर्फ शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रमका लागि ९१ लाख, बालबालिका लक्षित कार्यक्रमका लागि ५० लाख, युवा विकास कार्यक्रमका लागि ३८ लाख, आदिवासी जनजाति दलित मधेशी पिछडा वर्ग यौनिक अल्पसंख्यक कार्यक्रमका लागि ४० लाख, खेलकुद विकास कार्यक्रमका लागि ९० लाख, जेष्ठ नागरिक कार्यक्रमका लागि २० लाख, अपाङ्कता क्षमता विकास कार्यक्रमका लागि २५ लाख, खानेपानी सरसफाई २० लाख, सार्वजनिक निजी साझेदारी २५ लाख, सामाजिक सुरक्षा तथा पञ्जीकरण ३० लाख, रोजगार प्रवर्द्धन कार्यक्रम ६९ लाख र संघसंस्था अनुदान ५ करोड ५ लाख गरी सामाजिक विकासतर्फ १ अर्ब ८९ लाख ३० हजार विनियोजन गरिएको छ ।

यसैगरी आर्थिक विकास क्षेत्रतर्फ कृषि विकास कार्यक्रमका लागि १ करोड ५ लाख, पशुपंक्षी तथा भेटनरी कार्यक्रमका लागि ८५ लाख २५ हजार, सहकारी तर्फ २४ लाख, उधमशिलता विकासतर्फ ४७ लाख, उपभोक्ता हित संरक्षण तर्फ १० लाख, पर्यटन प्रवर्द्धन तर्फ २५ लाख गरी आर्थिक विकासतर्फ २ करोड ९६ लाख २५ हजार विनियोजन गरिएको छ ।

विपद व्यवस्थापनतर्फ १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधतातर्फ ३० लाख र सरसफाई कार्यक्रमतर्फ १ करोड ६० लाख गरी वन वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड १० लाख विनियोजन गरिएको छ ।

यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्रतर्फ राजस्व सुदृढीकरणका लागि ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापन ४० लाख, सूचना तथा सञ्चार (मिडिया) ६० लाख, सूचना तथा प्रविधितर्फ ८० लाख, सुशासन तथा सेवा प्रवाहका लागि ८० लाख, कानुन तथा न्यायिक समितितर्फ ४० लाख गरी सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ३० लाख रुपैयाँ समेत गरी जम्मा ४ अर्ब ४० लाख व्यय अनुमान गरिएको छ ।

पूर्णपाठ

 

facebook sharing button
Tags: #विराटनगरबजेटबजेट भाषणविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा लाटोकोसेरोको समूह
पर्यावरण

सुनसरीमा लाटोकोसेरोको समूह

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

सुनसरीको इनरुवा नगरपालिका–४ मा आँपको रूखको हाँगामा बसेको कोचलगाँडे लाटोकोसेरोको समूह । मानव बस्ती नजिक तथा र कृषि क्षेत्रहरूमा देखिने...

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय
FEATURE BREAKING

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

इटहरी : पछिल्लो समय मोबाइल फोनहरूमा अपरिचित व्यक्तिबाट म्यासेज गरी लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ। खासगरी लटरी...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

बैशाख १४, २०८३
भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा लाटोकोसेरोको समूह

सुनसरीमा लाटोकोसेरोको समूह

बैशाख १४, २०८३
लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1450 shares
    Share 580 Tweet 363
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    643 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    378 shares
    Share 151 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.