इटहरी : लागूऔषध ब्राउनसुगरसहित सुनसरीका विभिन्न स्थानबाट ७ जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धरान–११ का १९ वर्षीय सुअन तामाङ र २७ वर्षीय मिसन राई, धरान–१५ का ३२ वर्षीय रोमन शाही, २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ र ३१ वर्षीय प्रस्ताव राई रहेका छन्।
उनीहरूबाट कुल २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय भण्टाबारीको टोलीले सप्तरी हनुमाननगरका २४ वर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका–८ बाट २ ग्राम ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार लागूऔषध ओसारपसारका लागि प्रयोग गरिएका दुई थान सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।













Discussion about this post