इटहरी : सुनसरी, झापा र धनकुटाबाट प्रहरीले ब्राउनसुगर र गाँजासहित ६ जनालाई पक्राउ गरेको छ।
सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोक्राहा नरसिंह गाउँपालिका–३ का ३१ वर्षीय प्रभुनारायण यादवलाई २ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यस्तै, इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय बलराम चौधरी र इटहरी–१९ का ३२ वर्षीय अरविन्द्र भण्डारीलाई १२ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी झापाको इलाका प्रहरी कार्यालय अनारमनीले इलाम नगरपालिका–९ का २५ वर्षीय गंगाराम चौहान र २० वर्षीय सुजन अधिकारीलाई २२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारले भने पाख्रिवास नगरपालिका–८ का भीमबहादुर राईलाई ७ किलोग्राम गाँजासहित पक्राउ गरेको हो।
पक्राउ परेका सबैविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।













Discussion about this post