इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध कारोबारमा संलग्न चार जनालाई प्रतिबन्धित लागूपदार्थसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार झापा, मोरङ, उदयपुर र धनकुटाबाट एक–एक जना गरी चार जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको साथबाट ३ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर र ६ किलोग्राम गाँजा बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
लागूऔषधको वेचबिखन तथा ओसारपसार नियन्त्रण गर्नका लागि खटिएको प्रहरी टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो।
हाल पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धानपछि लागूऔषध नियन्त्रण सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post