धरान : धरान उपमहानगरपालिका–१७ स्थित साकेला थान क्षेत्रमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर दुईजनालाई नियन्त्रणमा लिएको छ।
बुधबार (आज) अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले धरान–१० का २४ वर्षीय अंकित राई र धरान–६ का २१ वर्षीय भरत मगरलाई पक्राउ गरेको हो।
उनीहरूलाई चेकजाँच गर्दा ट्रामाडोल ७६० क्याप्सुल र डिकोलिक ८०० ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ।
लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्नहरूविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाएको सुनसरी प्रहरीको भनाइ छ।













Discussion about this post