इलाम : इलामको माईजोगमाई गाउँपालिका २ का २३ वर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको र उनका दाजु ३२ वर्षीय निरोज चापागाईलाई छुरा प्रहार गरी घाइते बनाएको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्योदय नगरपालिका १ का ३३ वर्षीय किरण शेर्पा रहेका छन् ।
असार ३२ गते राति सूर्योदय नगरपालिका १ स्थित ससुसाली घरमा आएका माईजोगमाई गाउँपालिका २ का निरोज र उनका भाइ प्रकाशलाई सूर्योदय नगरपालिका १ का शेर्पाले सामान्य वादविवादको क्रममा छुरा प्रहार गर्दा प्रकाशको घटनास्थलमानै मृत्यु भएको थियो भने निरोज गम्भीर घाइते भएका थिए ।
उनको अहिले झापास्थित बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
हत्यापश्चात फरार भएका शेर्पालाई खोजतलासको क्रममा साउन १ गते सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङस्थितमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका शेर्पामाथि कर्तव्य ज्यान कसुरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुन्सधान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post