इटहरी : सुनसरी र मोरङ जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। प्रहरीले विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
सुनसरीमा ब्राउनसुगर ओसारपसार गर्न बालकको प्रयोग भएको पाइएको छ।
सुनसरीको इनरुवा नगरपालिका–४, बसपार्क क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले चेकजाँचको क्रममा को १ ह ८९८८ नम्बरको अटोमा सवार धरान–६ का एक बालकको साथबाट ३.८६ ग्राम ब्राउनसुगर फेला पारेको थियो।
सोही अटोमा सवार धरान–८ का २४ वर्षीय युवराज लिम्बू र २८ वर्षीय चालक निलन लिम्बूलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय धरानले धरान–१४ का ५२ वर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन प्लसका ५७६ ट्याब्लेटसहित उनको कोठाबाट पक्राउ गरेको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारीले रतुवामाई नगरपालिका–६ का २९ वर्षीय मनोज कार्कीलाई ३८० मिलिग्राम ब्राउनसुगरसहित र वडा प्रहरी कार्यालय विराटनगरले विराटनगर–९ का ३३ वर्षीय विकास कुमार साहलाई ३७ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।













Discussion about this post