इटहरी : सुनसरीको झुम्का कारागारबाट २८ वर्षीय रुपक पौडेल (खत्री) फरार भएपछि छानविन समिति गठन गरिएको छ।
उनी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ का बासिन्दा हुन् । सामूहिक बलात्कारको मुद्दामा सजाय भोगिरहेका उनी बुधबार बिहानको राति फरार भएका हुन् ।
कारागारका जेलर सुवासकुमार लामिछानेका अनुसार, पौडेलले बी ब्लकको १६ फिट अग्लो पर्खाल नाघेर बुधबार बिहानको राति २ बजेतिर फरार भएका थिए।
२१ साउन २०८१ मा पुर्पक्षका लागि कारागार चलान भएका उनलाई २५ चैत २०८१ मा जिल्ला अदालत सुनसरीले १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार कैदी फरार भएपछि सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।
समितिले कारागारको वस्तुस्थिति अध्ययनदेखि कैदी फरारको कारणसम्म प्रतिवेदन तयार पार्नेछ।
फरार भएपछि कारागारमा कैदी संख्या एक हजार ७९५ बाट एक हजार ७९४ मा झरेको छ।
यो पनि – झुम्का कारागारबाट कैदी फरार, डीआईजी कार्की भन्छन् – ‘रातिदेखि खोजी भइरहेको छ’














Discussion about this post