इटहरी : विशेष सूचनाका आधारमा प्रहरीले सुनसरीको इनरुवाबाट दुई जना व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको छ।
इनरुवा नगरपालिका–४ बसपार्क नजिकै अस्थायी प्रहरी चौकी बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०५१ प ७७७२ मोटरसाइकल चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा इटहरी उपमहानगरपालिका–५ बस्ने ३२ वर्षीय विशाल लिम्बूले मलद्वारमा च्यापेर लुकाइ–छिपाइ राखेको अवस्थामा ब्राउनसुगर १७.३ ग्राम लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा उनीसँगै सोही ठाउँका ३५ वर्षीय छोरा गणेश तामाङसमेत सवार थिए।
लागूऔषधसहित दुवैजनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।













Discussion about this post