इटहरी : प्रहरीले झापा र मोरङमा लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–८ गिरीगाउँबाट ३२ वर्षीय अजय मेचे र भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला उत्तरा रथखोला भीमराम नक्सलबारीका ३० वर्षीय टान्टु भन्ने कनकन राहलाई पक्राउ गरेको हो।
उनीहरूबाट एक सय ग्राम एक सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले मोरङको उर्लाबारी नगरपालिका–७ पारिजात टोलबाट ४२ वर्षीय लालबहादुर लिम्बु र ३२ वर्षीय पदमबहादुर अधिकारीलाई नियन्त्रणमा लिएको छ।
उनीहरूबाट ६९० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारैजनामाथि सम्बन्धित प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।













Discussion about this post