इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४, बसपार्क चोकमा प्रहरीले विशेष सूचनाको आधारमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
शनिबार दिउँसो २ः४५ बजे अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मोरङ सुन्दरहरैंचा नगरपालिका–६ बस्ने २८ वर्षीय हेमराज बिकलाई पक्राउ गरेको हो।
चेकजाँच गर्दा उनको साथबाट चार ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित बिकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post