इटहरी : झापा र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–४ बाट इनरुवा–८ का दशरथ खवासलाई ३ ग्राम ४६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
त्यस्तै, कोशी गाउँपालिका–१ बाट उदयपुरको बेलका–५ का वीरधन तामाङलाई २ ग्राम ४२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उता, झापाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अर्जुनधारा नगरपालिका–११ का मुलुक मुण्डालाई १ ग्राम तीन सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।













Discussion about this post