विराटनगर : विराटनगर महानगरपालिका १७ स्थितबाट स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज (मंगलवार) दिउँसो साढे १ बजेतिर अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल चेकजाँच गरेको थियो ।
चेकजाँचको क्रममा चालक विराटनगर १८ का ४१ वर्षीय वीरेन्द्र साहले साथमा लुकाईछिपाई राखेको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैँयासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।













Discussion about this post